काठमाडौं- गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने भएको छ । शनिबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन् ।
पोस्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको सघर्ष र गणतन्त्र स्थापना अघिको सामाजिक, राजनैतिक,आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे । हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।
रुद्राक्ष फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् । भाद्र दोस्रो साता देखी चलचित्रको छायाङ्कन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रदर्शनको मिति फागुन १ का लागि तय गरिएको छ।
सत्य घटनामा आधारित हुने चलचित्र नयाँ पुस्ताका युवाहरूका लागि नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ ।
चलचित्रको छायाङ्कन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाङ भोजपुर तथा तराई मधेसको सर्लाहीमा हुनेछ ।
प्रतिक्रिया