काठमाडौं— काठमाडौं नेशनल मेडिकल कलेज घट्टेकुलोमा दन्त तथा मुख रोग विशेषज्ञ डा. जुनैद हसनले भोलि साउन २१ गतेदेखि निःशुल्क ओपीडी सेवा सुरु गर्ने भएका छन्। बिरामीहरुका लागि हाललाई निःशुल्क गरिएको यो सेवा दैनिक रूपमा उपलब्ध हुनेछ।
१७ वर्षभन्दा बढीको अनुभव भएका डा. हसन मुखको क्यान्सर उपचारमा विशेष दक्षता राख्छन्। उनी काठमाडौं नेशनल मेडिकल कलेजका दन्त विभाग प्रमुख समेत रहेका छन् ।
BDS र MS अध्ययन गरेका डा. हसनले यसअघि टिचिङ अस्पताल महाराजगञ्ज र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत सेवा दिइसकेका छन्।
मुख, दाँत तथा जबडा सम्बन्धी सम्पूर्ण समस्या समाधानमा उनको योगदान उल्लेखनीय रहँदै आएको छ।
काठमाडौं नेशनल मेडिकल कलेजद्वारा हालका लागि निःशुल्क प्रदान गरिने यो सेवा बिरामीहरूका लागि लाभदायक हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया