मेलिना राई र करण परियारको ‘सारी लाउनु’ गीत सार्वजनिक (भिडियो)

सोमबार, २६ साउन २०८२, १७ : ०८

काठमाडौं– गीतकार दीपक बरुणको नयाँ सांगीतिक कोसेली ‘सारी लाउनु’गीत सार्वजनिक भएको छ। भ्वाइस अफ नेपालकी कोच समेत रहेकी लोकप्रिय गायिका मेलिना राई र नेपाल आइडल सिजन ५ का विजेता गायक करण परियारको युगल स्वरमा रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ । गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन् । 

नेपाली ट्रिपिकल शब्दको समिश्रण रहेको गीतलाई हरि लम्सालको कर्णप्रिय संगीतले थप सुमुधुर बनाएको छ । गम्भीर बिष्टले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा जुना सुन्दास र सरोज प्रजाको अभिनय रहेको छ । गीतको भावअनुसार नै भिडियोमा पनि ‘सारी लाउनु’आउँदा मोडेललाइ कस्तो देखिन्छ भन्ने बारेमा बयान गरिएको कुराहरुलाई देखाइएको छ। 

सुविन गोदारको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा सुरेन्द बसेलको कोरियोग्राफी रहेको छ । भिडियोलाई ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो १र२ दिन देखि सामाजिक संजाल टिकटकमा सारी लाउने होडबाजी जस्तै देखिएको छ यो गीत ुसारी लाउनु सार्वजनिक भएपछि आमनारीहरुले टिकटकमा सारी लाएर भिडियो पोस्ट गर्ने संख्या ह्वात्तै बढेको हो ।

 
 
 
सोमबार, २६ साउन २०८२, १७ : ०८

प्रतिक्रिया