काठमाडौं- भारतको शीर्ष टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट तथा डिजाइनर मिट “आर्क एण्ड अरा” काठमाडौंको सोल्टी होटलमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपालका प्रतिष्ठित आर्किटेक्ट, डिजाइनर, इन्फ्लुएन्सर र उद्योग क्षेत्रका व्यक्तिहरूको सहभागिता रह्यो।
कार्यक्रमको उद्घाटन कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालले गरेका थिए । उनले कम्पनीको विश्वव्यापी उपलब्धि, नेपालमा उत्पादन विस्तार, डिजाइनमा कलात्मकता तथा दिगोपनाप्रति प्रतिबद्धताबारे जानकारी दिए।
सहभागीहरूले कजारियाका विभिन्न आकार र डिजाइनका प्रिमियम टाइल संग्रहहरू अवलोकन गरे। प्रदर्शनीमा लार्ज–फम्र्याट ग्लेज्ड भिट्रीफाइड टाइलदेखि आवासीय तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त अन्य आकारका टाइलहरू प्रदर्शित गरिएको थियो।
कार्यक्रमको समापनमा निर्देशक संजय अग्रवालले कजारियाको नेपालका आर्किटेक्चरल प्रवृत्तिलाई नवीन डिजाइन, स्थानीय उत्पादन र सहकार्यमूलक साझेदारीमार्फत नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको बताए।
साँझको कार्यक्रम नेटवर्किङ डिनरसँगै समाप्त भएको थियो ।
कजारियाले हाल नेपालमै अत्याधुनिक प्रविधियुक्त टाइल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ, जसबाट ४,००० भन्दा बढी डिजाइन विकल्प बजारमा उपलब्ध छन्। कम्पनीसँग नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलरहरूको सञ्जाल रहेको छ।
प्रतिक्रिया