ओलीको तीन मिनेटको प्रशंसाले प्रकाश सपूतको ‘करिअर’ नै जोखिममा

विहीबार, २९ साउन २०८२, १७ : ३२

काठमाडौं- नेपाली सांगीतिक क्षेत्रमा आफ्नो व्यापक पहिचान बनाउन सफल भएका कलकार हुन प्रकाश सपूत । उनले नेपाली गीत संगितको जगतमा एक पछि अर्को गर्दे हिट,सुपर हिट म्युजिक भिडियोहरु आम दर्शक माझ ल्याएका छन । अझै भनौ युटुब,टिकटक,रिल्स जस्ता प्लेटफर्महरुमा त उनकै गीतहरुले एक छत्र राज गरेका देखिन्थे । सपूतका गितहरु जति चर्चामा आउने गरेका थिए, त्यत्ति नै विवादमा पनि मुछिन्थे । सपूत नेपालको सांगीतिक क्षेत्रमा विवादमा आइरहने कलकार पनि हुन् । उनको चर्चा र विवाद उस्ता उस्तै देखिन्छन । पछिल्लो समय गित संगीतको ठूलो सफलता पछि सपुत चलचित्रको अभिनेता समेत बने । 

यसै क्रममा आफ्नै निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त‘ प्रर्दशनमा ल्याए । विडम्बना फिल्मले सोचेको जस्तो सफलता भने हात पार्न सकेन । फिल्म असफलताको कारण उनी आफैं देखिन्छन । फिल्मको प्रर्दशन हुनु पुर्व नै उनले प्रधानमन्त्री के.पी शर्मा ओलीको एक सभा माझ तारिफ गरेका थिए । पत्रकार गणेश पाण्डेले केपी ओलीबारे लेखेको पुस्तक ‘सपना, संघर्ष र संकल्प’ को फागुन १९ गते राष्ट्रियसभा गृहमा भव्य कार्यक्रम गरेर सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा अतिथिका रुपम पुगेका सपूतले ओलीको निकै प्रशंसा गरेका थिए । 

नेपाली राजनीतिको वृत्तचित्रमा ओलिको कट्टर आलोचना भईरहेको बेलामा सपुतले भने उनको खुब तारीफ गरे । कार्यक्रममा उनले भनेका थिए, ‘नेपाली राजनीति क्षेत्रमा यस्तो अदभुत व्यक्तिको बारेमा बनाइएको किताब । सम्माननीय प्रधानमन्त्रीज्यू बहुप्रतिभाशाली हुनुहन्छ । उहाँको व्यक्तिगत ग्राफको चित्र हेर्दा अद्भुत लाग्छ ।’ उनले ओलीलाई गरेको तारिफले सामाजिक संञ्जालमा प्रकाश सपूतलाई अश्लिल शब्द र गाली गर्नेहरु ठूलो जमात सिर्जना भयो । अझै भनौ धेरै जसो मानिसहरुले उनको प्रर्दशनमा आउन लागेको फिल्म ‘बसन्त’ लाई समेत बहिष्कार गर्ने चेतावनी दिए । यसै विवादका कारण पनि उक्त फिल्म असफल भएको अनुमान गर्न सकिन्छ । 

कुनै समय चर्चाको शिखर चुमिसकेका सपुतको पछिल्लो एक वर्षको समयलाई निहाल्ने हो भने साँच्चिकै उनका दिनहरु खराव चलिरहेका छन् । चलचित्रले सोचे जस्तो व्यापार गर्न सकेन, गितले भने जस्तो भ्युज प्राप्त गर्न सकेन, माया गर्ने ठूलो दर्शकहरुको जमातबाट आलोचित हुनु पर्यो । सफल भएको फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट पनि खासै क्रेडिट पाएनन् । तर पनि सपुतले भने हार मानेको देखिँदैन । आउँदो दशैको फुलपातीमा सपुतको ‘माइतीघर र हरिबहादुरको जुत्ता एकै दिन प्रर्दशनको तयारीमा रहेका छन । उक्त फिल्महरुले नै निर्धारण गर्नेछ सपूतको आगामी संगीत र अभिनय यात्रा ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                    

 
 
 
 
विहीबार, २९ साउन २०८२, १७ : ३२

प्रतिक्रिया