काठमाडौं–मिस नेपाल सौन्दर्य प्रतियोगिताको आयोजक द हिडन ट्रेजरले यस वर्षको कार्यक्रममा ‘मिस कोस्मो’ को सुरुवात गरेर इतिहास रचेको छ । मिस कोस्मोसँगको सहकार्यले नेपालमा विश्वको सबैभन्दा ठूलो क्लेफ्ट (ओठे तालु फुटेका) केन्द्रित संस्था स्माइल ट्रेनसँग एक प्रमुख अन्तर्राष्ट्रिय पहल भित्रिएको हो ।
स्माइल ट्रेनले विश्वभरका बालबालिकाहरूलाई निःशुल्क क्लेफ्ट शल्यक्रिया र हेरचाह गर्न स्थानीय चिकित्सकहरूलाई तालिम, कोष र आपूर्ति प्रदान गर्दछ । बर्जर पेन्ट्सले मिस कोस्मोसँगको सहकार्यले सुरक्षित र किफायती क्लेफ्ट उपचार बारेमा जागरूकता जगाउने लक्ष्य राखेको छ ।
यसले हजारौं बालबालिकाहरूका आत्मविश्वासका साथ मुस्कुराउन प्रेरित गर्दछ । बर्जर पेन्ट्सले एक विशेष अन्तरक्रिया सत्र क्लेफ्ट पीडित बालबालिकाहरूप्रति समर्पित रहेर कार्यक्रम गरेको हो । बर्जर पेन्ट्सले मिस नेपाल २०२५ को अन्तिम प्रतियोगीहरूसँगै रमाइलो, हेरचाह र रचनात्मकता तरिकाले भरिपूर्ण आधा दिनको गतिविधि सञ्चालन गरेको छ ।
यस कार्यक्रममा उपस्थित बालबालिकाहरूले कलाका किताबहरू रंगाउँदै रमाइलो गरे भने उनीहरूलाई विभिन्न परिकार र उपहार पनि प्रदान गरिए । साथै बालबालिकाहरूले मिस नेपाल २०२५ का अन्तिम प्रतियोगीहरूसँग आत्मीय र हर्षित समय बिताउन अवसर प्रदान गर्नेछ ।
प्रतिक्रिया