काठमाडौं–गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । नेपाल टेलिभिजनमा प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा जुनु प्रसाई फाइनल राउन्डमा पुगेकी हुन् ।
प्रतियोगितामा २३ देशका नेपाली मूलका गायक–गायिकाले सहभागिता जनाएका छन् । अडिसन राउन्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको हो । जुनु कतार अडिसनमार्फत छनोट भई अहिले फाइनलसम्म आइपुगेकी हुन् ।
जुनुलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर MVU 06 टाइप गरी 37000मा पठाउन सकिनेछ । My Intra एप डाउनलोड गरी जुनुको प्रोफाइलमा क्लिक गरेर भोट पनि गर्न सकिनेछ ।
गायिका प्रसाई ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी हुन् । तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी हुन् ।
प्रतिक्रिया