बबिना भट्टराईको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक (भिडियो)

शनिबार, ३१ साउन २०८२, १२ : १८

काठमाडौं- श्रीकृष्ण अष्टमीको विशेष अवसर पारेर गायिका तथा संगीतकार बबिना भट्टराईको स्वरमा नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक गरिएको छ।

भजन श्री भजनन्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ‘हरे कृष्ण’ मा बबिना भट्टराई र गायक बैकुण्ठ प्रधानको स्वर, बबिना भट्टराईको संगीत तथा उत्तम ‘विचार’ भेटुवालको शब्द रहेको छ। विनोद कुमार भुजेलले एरेन्ज गरेको यस भजनलाई म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका हुन् भने प्रकाश खरेलले मिक्सिङ र मास्टरिङ गरेका छन्।

भिडियोमा बबिना भट्टराई आफैं फूलको थुँगा जस्तै सजिएर भजनमा रमाइरहेकी देखिन्छिन्। उनलाई बैकुण्ठ प्रधानले साथ दिएका छन्। ए.जे. अजुको निर्देशनमा बनेको भिडियोमा प्रिया नगरकोटीले श्रृङ्गार सम्हालेकी छन् भने सम्पादन अनिल विष्ट प्युठानीले गरेका छन्।

यसअघि ‘शिव ताण्डव’ भजनमार्फत छुट्टै चर्चा कमाएकी बबिना भट्टराईले कृष्ण भजन गाउँदा आफू अध्यात्मको गहिरो भावमा डुब्ने गरेको बताइन्। उनले भनिन्, “भजन गाउँदा लाग्छ भगवान मेरो साथी भएर मसँगै हुनुहुन्छ। मातारानीको भजन गाउँदा माता मसँगै रहनु भएको महसुस हुन्छ, शिव ताण्डव गाउँदा भने भगवान शिवलाई मेरै अगाडि नृत्यरत पाउँछु।”

 
शनिबार, ३१ साउन २०८२, १२ : १८

प्रतिक्रिया