नेपाली क्यालेन्डर एप बजारमा आयो अफलाइनमै चल्ने ‘भर्चुअल पात्रो’

शनिबार, ३१ साउन २०८२, १२ : ४१

काठमाडौं- विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रालिले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो सञ्चालनमा ल्याएको छ । 

सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम बाट प्रयोगकर्ताले प्रयोग गर्न सक्ने कम्पनीका संस्थापक/संचालक प्रकाश पौडेलले बताए। यस भर्चुअल पात्रोमा प्रयोगकर्ताको सहजता र अन्य पात्रोहरुको तुलनामा एप साईज कम, सरल र प्रविधिमैत्री रहेको छ।

साथै एपले तिथिमिति, स्थानको आधारमा सूर्योदय–सूर्यास्त,चाडपर्व, बिदा, नेपाल संवत, मुहुर्त, पञ्चाङ्ग,  कर्मकाण्ड, मिति रुपान्तरण, विदेशी विनिमय दर,पात्रो विइगेट तथा पंडित सेवा फिचर उपलब्ध गराएको छ।

कम्पनीले प्रयोगकर्ताबाट प्राप्त सुझाव, प्रतिक्रिया, र आवश्यकताका आधारमा भविष्यमा थप उपयोगी फिचरहरू समावेश गर्दै जाने जनाएको छ। 
 

 
शनिबार, ३१ साउन २०८२, १२ : ४१

प्रतिक्रिया