बुवा विराज भट्टको पदचाप पछ्याउँदै समीर, ‘एक्सन किङ’को पहिचान बनाउँदै

आइतबार, ०१ भदौ २०८२, १५ : ४८

काठमाडौं– शनिबार श्रीकृष्ण जन्माष्टिमीको अवसर पारेर फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ । यही असोज १३ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म ‘एक्सन’ जनरामा बनेको टिजरले प्रष्ट पारेको छ । फिल्मको टिजरमा शीर्ष भूमिकामा अभिनेता समिर भट्ट देखिएका छन । उनको दमदार ‘एक्सन’ को चर्चा जताततै व्यापक रुपमा भइरहेको छ । त्यति मात्र होईन आम दर्शकहरुले उनलाई ‘एक्सन किङ’ को ट्याग समेत दिएका छन ।  

कुनै समय नेपाली चलचित्रमा ‘एक्सन’ अभिनेताको रुपमा चर्चाको शिखर चुमिसकेका नायक विराज भट्ट उनकै बुवा हुन । जसले ‘एक्सन’ जनराका फिल्महरुमा एक छत्र राज गरेका थिए । विराज भट्टको दमदार ‘एक्सन’ कै कारण आजका दिनसम्म पनि दर्शकहरुको मन मुटुमा उत्तिकै माया र सम्मान छ । त्यस्तै उनले आफ्नो छवि निरन्तर कायम राख्न छोरा समिर भट्टलाई ‘एक्सन’ अभिनेताको रुपमा प्रस्तुत गरेका छन । समिरले फिल्म ‘१२ गाँउ’ बाट डेब्यु गरेका हुन । जुन  गत बर्ष २०८१ को ब्लाकबस्टर फिल्म हो । डेब्यु फिल्मबाट नै ठुलो सफलता हासिल गरेका समिर फिल्म बलिदान मार्फत् थप सफलताको उत्कर्षमा छन । 

त्यस्तै फिल्मको टिजर अभिनेता समीर भट्टको वरिवपरी केन्द्रित छ । उनी दमदार ‘एक्सन’ अवतारमा देखिएका छन । टिजर नायक विराज भट्टको पनि ‘भ्वाइस ओभर’ रहेको छ । जसमा उनले देश खतरामा रहेको, त्यसलाई बचाउन असम्भवको घोषणा गरेको सुनिन्छ । त्यस्तै टिजरको पर्दामा अभिनेता सौगात मल्ल मसाल बोकेको देखिन्छन भने अर्पण थापा राजनीतिज्ञको भुमिका छन । साथै अभिनेत्री श्रृचा शर्माको पनि एक भावुक डाइलग रहेका छ ।

जसमा उनले भावानात्मक रुपमा भनेकी छन ‘‘के यो धर्तिमा अब त्यस्तो युग पुरुषको जन्म हुन्न, जसले ती राक्षसहरुको घाँटी रेटोस् । टिजरमा यस डाइलग संगै अभिनेता समिर भट्टको प्रवेश देखाइएको छ । त्यसपछिका दृश्यहरु शसक्त देखिन्छन । फिल्मको टिजरले एक दिनमै १० लाख भन्दा बढी भ्युज प्राप्त गरेको छ भने झण्डै ४० हजारले लाइक रियक्ट गरेका छन । यसैबाट पनि ‘बलिदान’ ले बक्स अफिसमा ठुलो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।  

सन्तोष सेनको निर्देशनमा निर्माण भएको फिल्ममा समिर भट्टसहित सौगात मल्ल, श्रृचा शर्मा, अर्पण थापा र निर्देशक सेनको पनि महत्वपुर्ण भुमिका रहेको छ । फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छाँयाकंन रहेको छ । आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन ।   


 

 
 
 
आइतबार, ०१ भदौ २०८२, १५ : ४८

प्रतिक्रिया