एलिनाको ज्यान बेइमानी भएपछि ! (भिडियो)

मंगलबार, १७ असार २०७६, १४ : २४

युट्युबमा कभर गीत गाएर चर्चामा आएकी गायिका एलिना चौहान पछिल्लो समय धमाधम गीत रेकर्ड गराइरहेकी छिन् । यस्तैमा उनको स्वरमा रहेको नयाँ गीत ’यो ज्यान कस्तो बेइमानी’ सार्वजनिक भएको छ । 

सार्वजनिक उक्त गीतमा बसन्त सापकोटाले पनि स्वर दिएका छन् । सोमबार बसन्त सापकोटाको आफिसियल युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि सापकोटा कै रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् भने मिक्सिङको जिम्मा कृष्ण महर्जनले लिएका थिए ।

भिडियोमा गायकरगायिकाको ’लिपसिङ’ मात्र खिचिएको छ । शान थापाले निर्देशन गरेको भिडियोमा एलिना र बसन्त गीत गाइरहेका छन् । राजिव समर सहायक निर्देशक रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन । 

 

 

मंगलबार, १७ असार २०७६, १४ : २४

प्रतिक्रिया