गंगा सुवेदीको ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत सार्वजनिक (भिडियो)

सोमबार, ०२ भदौ २०८२, १२ : ००

काठमाडौं- गंगा सुवेदीको स्वरमा नयाँ गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक भएको छ। 

यस वर्षको बाबाको मुख हेर्ने दिनको अवसरमा आफ्ना स्वर्गीय बुबाको सम्झनास्वरुप गंगाले ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । 

यस गीतको कम्पोजर, एरेन्जर रहेका राजेन्द्र बजगाईले गीतको बीचबीचमा स्वर भर्ने कार्य गरेका छन् । उनले लिरिक्सलाई पूर्णता दिन पनि सहयोग गरेका छन् ।

साङ्गीतिक क्षेत्रमा गंगाको यो पहिलो शृजना हो । जीवनको सबैभन्दा पिडादायी समयमा छचल्किएका शब्दहरू गीतमा उतारिएको छ ।

गंगाले आफूले भोगेको जीवन–सङ्घर्ष खुलाउँदै भन्छिन्, “आमाबुबाको हातखुट्टामा चर्चरी रगत बगेको, मुखबाट रगत निस्कने गरी हाम्रो लागि दुख गर्नुभएको भयावह दृश्य देखेर म सानै उमेरमा कमाउन निस्किए । प्लस टु सकाएर स्नातक तहमा अध्ययनरत हुँदा कर्णालीको यात्रामा जागिरको लागि निस्किँदा आमाबुबाले आँसुका धारा बगाउँदै भनेका शब्दहरू सम्झिदा पनि गाह्रो हुन्छ” । 

गीतले व्यक्तिगत पीडालाई मात्र नभई, आमाबाबाको त्याग, सङ्घर्ष र निस्वार्थ मायाको कदर गर्नुपर्ने गहिरो सन्देश पनि दिएको छ ।

 

 
सोमबार, ०२ भदौ २०८२, १२ : ००

प्रतिक्रिया