मनोरञ्जन क्षेत्र समेत घाटामा

नेपाली सिने क्षेत्र : फिल्म निर्माण तीव्र, व्यापार भने मन्द

बुधबार, ०४ भदौ २०८२, ०९ : ५१

काठमाडौं– पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा फिल्म निर्माण कार्य तीव्र रुपले बढेको छ । एकै साथ दर्जनौं फिल्म निर्माण भएपनि व्यवसाय भने मन्द देखिन्छ । 

यस्तै निराशाका बिचमा गत वर्ष (२०८१) मा प्रर्दशनमा आएको फिल्म ‘पुर्णबहादुरको सारंगी’ भने नेपाली चलचित्र उद्योगकै सर्वाधिक व्यापार गर्ने ऐतिहासिक फिल्म बन्यो ।  फिल्मले झण्डै नेरु ४६ करोडको ८० लाखको हाराहारीमा आर्थिक कलेक्सन गर्‍यो । उक्त फिल्मको ‘हाइप’ र ऐतिहासिक व्यापारले नेपाली चलचित्र उद्योगमा प्रतिष्ठित व्यवसायिक घरानाका व्यक्ति समेतको आकर्षण बढेको देखिन्छ । 

यसको ज्वलन्त उदाहरण हुन् गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा । उनले हास्य टेलिसिरियलका चर्चित पात्र ‘काकु’ अर्थात अभिनेता दिपक आर्चायाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘परान’ मा लगानी गरेका छन् । उक्त फिल्म आगामी कात्तिक १४ गतेबाट प्रर्दशनको तयारीमा रहेको छ । विडम्बना चलचित्र उद्योगमा व्यवसायिक रुपमा आकर्षण बढेपनी न्युनतम मात्रामा चलचित्र सफल हुने गरेका छन् । 

गत वर्षको कात्तिक १५ गतेबाट प्रर्दशनमा आएको फिल्म ‘पुर्णबहादुरको सारंगी’ को रेकर्डलाई भने आजसम्म कुनै फिल्महरुले ब्रेक गर्न सकेको छैन । नेपालमा वार्षिक रुपमा ६० देखि ७० चलचित्र निर्माण हुने गरेका छन्। लगानीको हिसाबले निहाल्दा सानाठूला गरि सय करोडको लगानी हुने नेपाली चलचित्र उद्योग बलिउडको एक सामान्य व्यवसाय गरेको चलचित्र बराबरको अनुमान लगाउन सकिन्छ । 

त्यस्तै नेपाली चलचित्र उद्योगमा केहि फिल्महरुले लगानी सहित मुनाफा कमाउछन भने दर्जनौ भन्दा बढि फिल्महरुले लगानी सुरक्षित गर्छन । अझै भनौ कुनै फिल्महरुले त पोष्टर छँपाईको रकम समेत उठाउन नसकेको प्रशस्त उदाहरण भेटिन्छन् । 

एक पटक २०८१ मा निर्माण भएका चलचित्रहरुलाई नियाल्ने हो भने पनि दर्जनौ फिल्महरु मध्य मुठ्ठीभर फिल्महरुले मात्र सुखद व्यापार गरेका छन् । जुन तल प्रस्तुत गरिएको छ ।  

१. पुर्णबहादुरको सारंगी– ४६ करोड ८० लाख 
२. १२ गाँउ– १९ करोड ९२ लाख 
३. छक्कापञ्जा ५– १५ करोड २० लाख 
४. बोक्सीको घर– १० करोड २ लाख 
५. अञ्जिला– ७ करोड ५० लाख 
६.  पुजारा– ७ करोड ३७ लाख 

यी चलचित्रहरुमा भने प्रभावशाली कथावस्तु, स्टार कास्ट, र शसक्त प्रचार गरेको कारण दर्शकहरुको मन जित्न सफल भए । नेपाली चलचित्रमा किन यस्तो समस्या पैदा भएको छ ? यसको अनुसन्धान गर्नु अहिलेको प्रमुक आवश्यकता हो । चलचित्र सफल हुनुमा कथावस्तु र स्क्रिृप्ट प्रभावशाली हुनुपर्छ । त्यसै अनुसारको फिल्म निर्माण गर्न नसक्नु पनि कमजोर पक्ष हो । 

यसमा निर्माण पक्षको पनि ठुलो भुमिका रहेको हुन्छ । नेपालको चलचित्र उद्योगमा चर्चित कलकार लिए मात्र फिल्म सफल हुन्छ भन्ने मानसिकताबाट निर्माण पक्ष ग्रसित छन । जसको सिधा असर कलकार,निर्माता र सिंगो चलचित्र क्षेत्रलाई नै परेको हुन्छ । 

यदि नाम र अनुहार चलेकै आधारमा फिल्म चल्थ्यो भने फिल्म ‘पुर्णबहादुरको सारंगी’ असफल हुनुपथ्र्यो । किनकी उक्त फिल्मको शिर्ष भुमिका रहेका अभिनेता विजय बराल कुनै चर्चित कलकार थिएनन् । बरु फिल्ममा उनले सहायक कलकारको भुमिकामा अभिनय गरेका हुन्थे । त्यसकारण फिल्मलाई सफल बनाउन फिल्मको कथावस्तु, पटकथा, लेखन, स्टार कास्ट, संगीत, छाँयाकंन र विशेषगरि बलियो निर्माण पक्षको आवश्यकता पर्दछ । 

त्यस्तै गत वर्ष २०८१ अन्त्यतिर प्रर्दशनमा आएका फिल्महरु ‘कर्मा’  पिताम्बर र नँया २०८२ मा प्रर्दशनमा आएका फिल्महरु ‘भुठान’, ‘खेल’, ‘झील्को’, ‘जार’, ‘के घर के डेराः घर नं. २, ‘नरसिंहा अवतार’,‘जन्ते बाख्रो’, ‘महाभोज’, ‘ सिटामोल थुप्रै फिल्महरुले अपेक्षित व्यापार गर्न सकेको देखिदैन् । थुप्रै फिल्महरु मध्य विपिन कार्कि शिर्ष भुमिकामा रहेको फिल्म ‘उनको स्वीटर’ र पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘मोहर’ ले भने सुखद व्यापार गरेको पाईन्छ ।     
 

 
 
 
 
 
बुधबार, ०४ भदौ २०८२, ०९ : ५१

प्रतिक्रिया