अस्थायी राजधानीमा आकाशियो  घरजग्गाको भाउ, घरबेटी पनि मालामाल

६ बर्ष अगाडि

धनगढी, २५ माघ-  अस्थायी मुकाम तोकिएसँगै धनगढीमा घरजग्गाको मूल्य र घरबहाल भाडादरमा उच्च वृद्धि भएको छ । अघिल्लो महिनाको तुलनामा कारोबारीहरूले ३० देखि ५० प्रतिशतले घरजग्गाको मूल्य बढाएका छन्, कान्तिपुरमा खबर छ  ।

धनगढी उपमहानगरपालिकाको योजनामा तीन घेरामा रहेको रिङरोड, हुलाकी सडक र मुख्य सडक मार्ग क्षेत्रमा ५० प्रतिशतले जग्गाको मूल्यमा वृद्धि भएको हो । 
रिङरोड बाहिरको २० फिटे सडक मार्गले जोड्ने स्थानका घरजग्गाहरूको ३० प्रतिशत मूल्य बढेका छन् ।
घरजग्गा कारोबारी दलबहादुर शाहीका अनुसार राजधानी तोकिएपछि स्वाभाविक रूपमा घरजग्गाको मूल्यमा वृद्धि भएको छ, कान्तिपुरमा खबर छ  ।

‘हामीले पलटिङ गर्ने जमिन पनि कसैबाट खरिद गर्नुपर्छ,’ उनले भने, ‘राजधानी घोषणापछि प्लटिङका लागि लिइने खेत/जमिन महँगो पर्न गएको छ ।’ उनले राजधानीको आकर्षणले घरजग्गाको मूल्य बढेको सुनाए ।
तर दलालले घरजग्गा कारोबारमा अस्वाभाविक वृद्धि गर्न लागेको आरोप छ । ‘वास्तविक जग्गाधनीबाट लिएभन्दा तेब्बर बढीले जग्गाको मूल्यमा वृद्धि गरेक छन्,’ धनगढी बोराडाँडीका भानबहादुर साउदले भने, ‘राजधानी स्थापनापछि जग्गाका दालालले अस्वाभाविक रूपमा जग्गाको मूल्य वृद्धि र उर्वर भूमिको प्लटिङ बढाएका छन् । यसमा जग्गाधनी ठगिएका छन् ।’
उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले भर्खरै पास भएको स्थानीय सरकार सञ्चालन कार्यविधिले नगरको गुरुयोजना विपरीतका प्लटिङ रोकिको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया