प्रतिभा प्रष्फुटनका लागि सहज प्लेटफम

सञ्चार प्रविधिको चमत्कार, सामाजिक सञ्जालबाटै उदाए यी कलाकार

शुक्रबार, ०६ भदौ २०८२, ०७ : १४

काठमाडौं– पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नँया–नँया कलाकारहरुको आगमन तीव्र रुपले बढेको छ । विज्ञान प्रविधिको युग संगै प्रतिभाशाली व्यक्तिले झट्टै अवसर पाउने गरेका प्रशस्त उदारहणहरु छन । कुनै समय कलाकारको पहिचान स्थापित गर्न रेडियो र पत्रिकाको माध्यम अपनाउनु पथ्र्यो । चलचित्र हेर्न सीमितमानिसले मात्र पाउथे । झन त्यो बेलाका हिरो, हिरोइनलाई प्रत्यक्ष देखेको मानिस त गाँउ समाजकै विशेष व्यक्तिको रुपमा चिन्ने गरिन्थो । 

फिल्मको प्रचार प्रसार सडक, गल्ली र चोकका भित्तामा टाँसेर गरिन्थे । सामान्य कलकारको भुमिका खेल्न पनि नाटक र रंगमञ्चबाट आएको हुनुपथ्र्यो । अझै भनौ यी सबै अवसर सहर केन्द्रित व्यक्तिहरुमा सीमित थिए । दुरदराज, ग्रामीण,सिमान्तकृत ठाँउमा बसोबास गर्ने मानिसहरुको लागी यी सबै कल्पना भन्दा बाहिरका कुरा थियो । समयको गतिसंगै विज्ञान प्रविधि युगको आगमन भयो । जसले नेपाली चलचित्र मात्र नभई सबै क्षेत्रमा ठुलो परिर्वन ल्यायो । रेडियो र पत्रिकामा मात्र सिमित रहेको युगमा एकाएक टेलिभिजन, मोबाईल, ईन्टरनेटको उदय भयो । जसले समाजको हरेक क्षेत्रमा ठुलो उथलपुथल मच्चायो । 

यसै क्रममा सामाजिक सञ्जालका विभिन्न माध्यमहरुको आविष्कार भए । फेसबुक, टिकटक, युटुव, इष्ट्राग्राम, रिल जस्ता प्लेटफर्महरुले हरेक प्रकार प्रतिभालाई आम मानिस माझ पु¥याउने सुनौलो अवसर दियो । यसै अवसरको सदुपयोग गररे वर्तमान समयमा सामाजिक सञ्जाल हुदै फिल्मी करिअरको यात्रामा थुप्रै कलाकारहरुको आगमन भएको छ । यसको ज्वलन्त उदाहरणहरु प्रशस्त मात्रामा भेटिन्छन । टिकटकमा कन्टेन क्रिएटरबाट चर्चाको शिखर चुमेका कलकार हुन पारस बम ठकुरी ‘कुल ब्वाई’ । उनले टिकटकमा चर्चा पाएकै कारण ‘होस्टेल ३’ बाट आफ्नो फिल्मी करिअर सुरु गर्ने अवसर पाए । पारस बमले आफ्नो डेब्यु फिल्मबाटै नै दर्शक मन जित्न सफल भए । 

त्यस्तै टिकटकबाट उदाएका आयुस सिंह ठकुरी, मिस पवी, सनिशा भट्टराई, गरिमा शर्मा ,प्रिन्सी खतिवड,पदम तामाङ, धेरैजसो फिल्ममा पाईला टेकिसके भने केहि फिल्म निर्माण कार्यमै व्यस्त छन । सामाजिक सञ्जालमा आफ्नो प्रतिभाको प्रभाव पार्न सकेकै कारण उनीहरु यहाँ सम्म आएका हुन । टिकटकका दर्शकहरुमा आफ्नो व्यापक पहिचान बनाएका आयुष सिंह ठकुरी पनि फिल्म ‘राम नाम सत्य’ मार्फत फिल्मी करिअरमा प्रवेश गर्देछन । 

यसैगरी टिकटकबाटै उदाएकी गरिमा शर्माले त ४ फिल्ममा अभिनय गरिसकेकी छन । पवित्रा साकी ‘मिस पवी’ रियालीटी सो ‘कमेडी दरबार’ दरबार सहित फिल्ममा समेत व्यस्त छिन । 

त्यस्तै पछिल्लो समयकी चर्चित नायिक शनिसा भट्टराई पनि टिकटक, म्युजिक भिडियो हुदै गत वर्षको ब्लाकबष्टर फिल्म ‘१२ गाँउ’ मा समेत अभिनेत्रीको भुमिका निभाइन ।  
यही सूूचीमा टिकटकर आभा ढुगांना पनि थपिएकी छन । उनी फिल्म ‘कश्यप’ बाट डेब्यु गर्ने भएकी छन । 

त्यस्तै प्रिन्सी र उनकी जुम्ल्याह प्रिज्माको   सामाजिक सञ्जालमा चर्चाकै भरमा उनीहरु टेलिसिरियल देखि म्युजिक भिडियो सहित फिल्म सम्मको यात्रामा पुगेकी छन । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई निहाल्ने हो धेरै जसो कलकारहरुको पृष्ठभुमि सामाजिक सञ्जाल नै देखिन्छ । अझै यँहा उल्लेख नभएका थुप्रै कलकारहरु छन । जसको सूची बनाउँदा धेरै लामो हुन जान्छ । यसरी थुप्रै नँया कलकारहरु सामाजिक सञ्जाल मार्फत उदाएका छन । 

फिल्म निर्माण पक्षले पनि अहिले कलकार छनोट गर्दा कलकारको सामाजिक सञ्जालमा कत्तिको ‘प्रभाव’ छ भन्ने कुरामा ध्यान दिएको देखिन्छ । तसर्थः प्रविधिले प्रतिभा भएको मानिसलाई खेर जान नदिने सुनौलो अवसर दिएको छ । नेपाली चलचित्र,गीत, संगीत वा अन्य कुनै प्रतिभाशाली भएका व्यक्तिहरुका लागी सामाजिक सञ्जाल निकै शक्तिशाली प्लेटफर्म हो । जसले जुनसुकै व्यक्तिको जिवनलाई पनि एक नौलो मार्ग र स्वरुप दिन सक्छ । 


     

 
 
 
 
 
शुक्रबार, ०६ भदौ २०८२, ०७ : १४

प्रतिक्रिया