नेपाली सिने नगरी

चार महिनाको अवधिमा दर्जनौं फिल्म प्रदर्शन, उत्साहजनक व्यापार ‘उनको स्वीटर’ र ‘मोहर’को मात्रै

सोमबार, ०९ भदौ २०८२, १२ : १९

काठमाडौं– वर्ष २०८२ को प्रारम्भ देखि नै दर्जनौ भन्दा बढी फिल्महरु निर्माण भइसकेका छन । झण्डै ४ महिनाको अवधिमा ‘भुठान’, ‘खेल’, ‘जार’, ‘उनको स्वीटर’, ‘के घर के डेरा’, ‘नरसिंहा अवतार’, ‘महाभोज’, ‘जन्ते बाख्रो’, ‘मोहर’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, र ‘ताराहरु’ जस्ता सम्भावना बोकेका फिल्महरु प्रदर्शनमा आए । फिल्महरु प्रदर्शन हुने सङख्या ठूलो देखिएपनि व्यापार भने निराशजनक छ । 

हालसम्म प्रर्दशनमा आएका फिल्महरु मध्य ‘उनको स्वीटर’ ले भने सुखद व्यापार ग¥यो । फिल्मको जुनसुकै पात्रको रुपमा पनि व्यवस्थित ढगंले अभिनय गर्नसक्ने अभिनेता विपिन कार्कीको शिर्ष भुमिकामा निर्माण भएको उक्त फिल्मले झण्डै ११ करोड ३४ लाख रुँपैया ग्रस कलेक्सन गरेको थियो । फिल्मले सामाजिक यथार्थ, सांस्कृतिक विविधता, अन्तजातिय प्रेम र दुई जोडिबिचको प्रेमलाई मर्मस्पर्शी रुपमा उजागर गरेको थियो । 

फिल्ममा विपिन कार्कीको जोडिको रुपमा मिरुना मगर बाधिएकी थिइन । उनीहरुबिचको प्रेम, त्याग, समपर्ण र पृष्ठभुमिको संगीत फिल्मको शसक्त पक्ष थियो । यसै अवधिमा कुनै समय नेपाली चलचित्र क्षेत्रमा एक छत्र राज गरेका महानायक राजेश हमालको झण्डै ८ वर्षपछिको कमब्याक फिल्म ‘नरसिंहा अवतार’ पनि प्रर्दशनमा आयो । महानायक उक्त फिल्मबाट ठुलो अपेक्षा गरिएको थियो । तर फिल्मले सोचेको जस्तो व्यापार भने गर्न सकेन । 

विगत ४ महिनाको अवधिमा फिल्म ‘उनको स्वीटर’ पछि पनि कँयौ फिल्महरु प्रर्दशनमा आए तर कुनै पनि फिल्महरुको व्यापार उत्साहजनक देखिएन । अझै भनौ कुनै फिल्महरुले त पोष्टर छपाईको रकम समेत् उठाउन नसकेको प्रशस्त उदाहरुण भेटिन्छन । यसै निराशाका बिचमा गत महिनाको २३ गतेबाट प्रर्दशनमा आएको फिल्म ‘मोहर’ ले उत्साहपुर्ण प्रर्दशन गरेको छ । 

आम दर्शकहरुको साथ माया र ‘वर्ड अफ माउथ’ कारण फिल्मले पहिलो हप्तामै आफ्नो लगानी सुरक्षित ग¥यो । फिल्मको लागत १ करोड ८६ लाख रुँपैया जनाएको थियो ।  दोस्रो हप्तामा भारतीय चलचित्र ‘कुल्ली’ र ‘वार २’ को आगमन भएसंगै ‘मोहर’ को शो सङख्या भारी मात्रामा घट्यो । तर भारतीय चलचित्रबाट राम्रो प्रतिक्रिया नआएपछि त्यसको पुर्ण लाभ फिल्म ‘मोहर’ प्राप्त ग¥यो  । 

पछिल्लो तथ्याङक अनुसार फिल्म ‘मोहर’ले झण्डै ३ करोड भन्दा बढी रुँपैया ग्रस कलेक्सन गरेको देखिन्छ । फिल्ममा पल शाह, निती शाह, बेनिसा हमाल, बुद्धि लामा र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । त्यस्तै शुक्रबारबाट तिन फिल्म ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरु’ प्रर्दशनमा आएका छन । उक्त फिल्मको दुईदिनको व्यापारलाई निहाल्ने हो भने, ‘माग्ने राजा’ लाई सन्तोषजनक मान्न सकिन्छ । शुक्रबार ‘माग्ने राजा’ को देशव्यापी अकुपेन्सी समग्रमा ३५ देखि ४० प्रतिशत थियो । 

यस फिल्म संगै प्रर्दशनमा आएको फिल्म ‘जनै हराएको मान्छे’ ले अपेक्षा गरे अनुरुपको प्रर्दशन गरेको देखिदैन । पहिलो दिन फिल्मको देशव्यापी अकुपेन्सी २५ प्रतिशत थियो । तर दर्शकहरु भने उक्त फिल्म हेरेर रोएका तस्बिरहरु सामाजिक सञ्जालमा देखिने गरेका छन । फिल्मको ‘वर्ड अफ माउथ बलियो छ । त्यसकारण पनि  आगामी दिनमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । त्यस्तै दुई फिल्मसंगै प्रर्दशनमा आएको फिल्म ‘ताराहरु’ भने निराशजनक कमाई गरेको देखिन्छ । फिल्मको पहिलो दिनमै देशव्यापी अकुपेन्सी भने १० प्रतिशत समेत पुगेको देखिदै  ।   



 

 
 
 
 
 
 
सोमबार, ०९ भदौ २०८२, १२ : १९

प्रतिक्रिया