काठमाडौँ–नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको काठमाडौँ क्रोनिकल्स एक नयाँ अनि रमाइलो अनुभव हो । एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौँद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिटका रूपमा ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरिएको हो ।
यो कार्यक्रम म्यारियटका MIC (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाहरूका लागि विशेष रूपमा तयार पारिएको हो । यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौँको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको छ । काठमाडौँ क्रोनिकल्सको मूल आकर्षण भनेको काठमाडौँ उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने “ट्रेजर हन्ट” हो ।
सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा लगिनेछ । उनीहरूले विभिन्न पजलहरू समाधान गर्ने, टास्कहरू पूरा गर्ने र ती स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन् । यसले नेपाललाई MIC (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक भेला र सम्मेलनहरूलाई अनौठा सांस्कृतिक अनुभवसँग संयोजन गर्न सकिने प्रमाणित गरेको छ ।
ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थानहरू रमाइलो गर्न, ज्ञान साटासाट गर्न र टिम स्पिरिट जगाउन सहयोग हुने अनुभवहरूमा परिणत हुनेछन् । कार्यक्रम म्यारियट काठमाडौँबाट सुरु भएर फेयरफिल्ड बाइ म्यारियटमा गएर समापन हुनेछ । विजेता टोलीलाई “काठमाडौँ एक्सपट्र्स”को उपाधि समेत प्रदान गरिनेछ ।
एमक्यूब र बीवाइडीबीचको यस सहकार्यले सहभागीहरूलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौँलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण पनि प्रदान गर्नेछ ।
प्रतिक्रिया