काठमाडौं–‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङलाई प्रदान गरिएको छन् । सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उहाँहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन् ।
पूर्व अर्थ तथा परराष्ट्रमन्त्री मन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको समारोहमा मिसेसतर्फ फष्ट रनरअप मायादेवी गुरुङ, सेकेण्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले भएका हुन् । मिसेस पब्लिक च्वाइस मिसेसमा मुना घले र पब्लिक च्वाइसको उपविजेतामा नन्द गुरुङ भए ।
मिसेस भ्युअर च्वाइसमा कुमारी गुरुङ, मिसेस अग्रेनाइजर च्वाइसमा मेलिना गुरुङ, मिसेस फोटोजेनिकमा मेलिना गुरुङ, मिसेस प्रतिभामा मीना गुरुङ, मिसेस अनुशासन हेमा गुरुङ, मिसेस व्यक्तित्वमा माया गुरुङ, मिसेस आत्मविश्वासीमा कुमारी गुरुङ, मिसेस इन्टिलिजेन्समा गंगा गुरुङ, मिसेस फ्रेन्डसिपमा मुना घले, मिसेस हार्डवर्किङमा रश्मी गुरुङ, मिसेस वेष्ट स्माइलमा जुना गुरुङ, मिसेस व्यूटिफुलमा मेलिना गुरुङ, मिसेस अनेष्टमा कृष्णमाया गुरुङ, मिसेस हम्बलमा मीना घले, मिसेस आज्ञाकारीमा नन्द गुरुङ, मिसेस प्रेरणादायीमा बिचु गुरुङ, मिसेस बेष्ट हेयरमा क्षमा गुरुङ, मिसेस बेष्ट स्किननमा रञ्जिता गुरुङ, मिसेस ग्रेसफुलमा धनु गुरुङ, मिसेस कल्चरलमा सपना गुरुङ, मिसेस आकर्षकमा कञ्चन गुरुङ, मिसेस एक्टिभमा सृजना गुरुङ, मिसेस इनोसेन्टमा लक्ष्मी गुरुङ, मिसेस सिनसियरमा मायादेवी गुरुङ र मिसेस नेतृत्वमा पूर्णिमा गुरुङले उपाधि जित्न सफल भएका हुन् ।
मिसतर्फ फस्ट रनरअप अनिता गुरुङ, सेकेन्ड रनरअप ईशा गुरुङ, पब्लिक च्वाइस फुलमाया गुरुङ, पब्लिक च्वाइस रनर अप अनिता गुरुङ, दर्शकको रोजाइ सुनिला गुरुङ, आयोजकको छनोट हिमाली गुरुङ, मिस फोटोजेनिक सुमा गुरुङ, मिस ट्यालेन्ट अनिता गुरुङ, मिस डिसिप्लिन जेनिशा गुरुङ, मिस पर्सनालिटी सुप्रिया गुरुङ, मिस कन्फिडेन्ट सुनिला गुरुङ, मिस इन्टेलिजेन्ट फुलमाया गुरुङ, मिस फ्रेन्डशिप सपना घले, मिस लिडरशिप सम्पदा गुरुङ, मिस बेस्ट स्माइल सिर्जना गुरुङ, मिस ब्यूटीफुल ईशा गुरुङ, मिस चार्मिङ अनिता गुरुङ, मिस एक्टिभ सुमा गुरुङ, मिस इनोसेन्ट हिमाली गुरुङ र मिस इमान्दार पवित्रा गुरुङ बन्न सफल भएका छन् । विजेता, उपविजेता र अन्य विजेताहरूले उपाधिसहित विभिन्न गिफ्ट ह्पापर र पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमको निर्णयकमा बरिष्ठ अभिनेता सरोज खनाल बरिष्ठ गायक आनन्द कार्की, पूर्वडिआइजी डा. देउती गुरुङ, नृत्य कोरियोग्राफर केशव थापा र मैनुका राई रहेका थिए ।
समारोहको बिशिष्ट अतिथिमा बागमती प्रदेश खेलकुद मन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य उर्मिला केसी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् आदिवासी जनजाति प्रमुख दिलमान पाख्रिन, राप्रापा केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य पर्शुराम तामाङ, नेपाली कांग्रेस केन्द्रीय सदस्य राधा घले, कोशी प्रदेश सांसद डोल्मा तामाङ, पूर्व सांसद तथा गोर्खा जिल्लाकी महिला नेतृ मनकुमारी गुरुङ, नेपाल प्रहरीका एआईजीपी चन्द्र कुबेर खापुङ लगायतका रहेका थिए ।
प्रतिक्रिया