इम्बोस्ड नम्बर अनिवार्य जडानको निर्णयबाट पछि हट्यो सरकार, आफू अनुकूल जडान गर्न सकिने

मंगलबार, १० भदौ २०८२, १७ : ५४

काठमाडौँ–सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने निर्णयबाट पछि हटेको छ । यातायात व्यवस्था विभागले प्रेस विज्ञप्ती जारी गरेर आफु अनुकुलको समयमा यातायात व्यवस्था कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जनाएको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट लागु गर्न प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिएको थियो । सरकारको उक्त निर्देशनपछि आम नागरिकस्तरबाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय बिना पूर्व तयारी र संरचना नभइ अघि बढेको भन्दै विरोध भएको थियो ।

विभागले सूचना जारी गर्दै तुरुन्त इम्बोस्ड नम्बर प्लेट नजोडे पनि जरिवाना वा दण्ड नलाग्ने जनाएको हो ।

 

Yatayat_Pic_01

 

Yatayat_Pic_02
 

मंगलबार, १० भदौ २०८२, १७ : ५४

प्रतिक्रिया