काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएको हो ।
सोमबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रति लिटर रु.४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ ।
पेट्रोल घटेर आएको भएपनि बिक्री मूल्य यथावत राखिएको छ । त्यस्तै एल। पि। ग्यासको बिक्री मूल्य पनि यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया