रिलायबल नेपाल लाइफद्वारा नवौं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न

सोमबार, १६ भदौ २०८२, ११ : ३३

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जीवन बीमा कारोबार सुरु गरेको आठ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीले बीमालेख खरिद गर्ने करिब ७० लाख बीमितहरु, नियामक निकायहरु, सेयरधनी, रिलायबल एडभाइजर, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरुप्रति आभार प्रकट गरेको छ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा ५७ करोड रुपैयाँ बराबर नाफा आर्जन गरिएको छ। नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा गर्दै कम्पनीको पूँजी हाल ५ अर्ब १९ करोड पुगेको छ। कुल लगानी २० अर्बको हाराहारीमा रहेको कम्पनीले गत आवमा १ अर्ब ४३ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयबाट प्रभातफेरी निकालिएको थियो। सो क्रममा मैतिदेवी, डिल्लीबजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रीय कार्यालय फर्किएको थियो।

त्यसैगरी, देशभरका विभिन्न शाखाहरुमार्फत रक्तदान, स्वास्थ्य शिविर, वृक्षारोपण, शैक्षिक सामग्री तथा खाद्यान्न वितरण, सरसफाई लगायतका सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

 
 
सोमबार, १६ भदौ २०८२, ११ : ३३

प्रतिक्रिया