एनआईसी एशिया बैंकद्वारा ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

सोमबार, १६ भदौ २०८२, १२ : ३५

काठमाडौं- एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई पूरा गर्नका लागि रू। ३ करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । 

‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।

न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म प्रदान गरिने यस एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पूनःनिर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।

यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको बैंकले जनाएको छ ।

 
सोमबार, १६ भदौ २०८२, १२ : ३५

प्रतिक्रिया