राजधानीमा हर्क साम्पाङका समर्थकको ओइरो

सोमबार, १६ भदौ २०८२, १५ : १९

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्‍यालीसहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्‍यालीसहित स्वागत गरेका हुन् ।

मेयर साम्पाङले र्‍यालीका लागि धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा ूहर्क साम्पाङ जिन्दाबादू को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ १ सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ १ सबैलाई धन्यवाद ! ’

 
सोमबार, १६ भदौ २०८२, १५ : १९

प्रतिक्रिया