एलआइसी नेपालले कार्यक्रम गरी मनायो २४ औं वार्षिकोत्सव

सोमबार, १६ भदौ २०८२, १६ : ५६

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले २४ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमूख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा यस कम्पनीका संचालक कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता ,एजेन्सी म्यानेजर एवं निम्तालु अतिथीहरुलाई दोसल्ला ओडाई तथा टिका एवं माला पहिर्‍याई सम्मान गरेका छन् ।

कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्ण बहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा रीता खतिवडा प्रथम भएकी छिन् । 

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको र यस वर्ष नविकरण शुल्कमा ऐतिहासिक रेकर्ड कायम भएको र नेपालमा जीवन बीमा कोषको आधारमा द्वीतीय स्थान हासिल गरेकोमा हर्ष व्यक्त गरेका छन् ।

त्यसै गरी प्रमुख कार्यकारी अधिकृत कुमारले २४ औं सुखद वसन्त पार गरि २५औं वर्षमा प्रवेश गर्नु गर्वको विषय भएको भन्दै कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्‍याउनमा नियमनकारी निकाय, संचालक समिति, सेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञता साथै धन्यवाद व्यक्त गरेका छन् ।

 
सोमबार, १६ भदौ २०८२, १६ : ५६

प्रतिक्रिया