काठमाडौं– नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले दूग्ध किसानको भुक्तानी दिन सरकारसँग माग गरेका छन् ।
उनले उखु किसानहरु आन्दोलनमै रहेको बेला दूग्ध किसानहरु समेत आन्दोलनमा आउनुपर्ने अवस्था राष्ट्रिय लज्जाको विषय भएको समेत बताएका छन् । उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत वर्षात र दशैंको मुखमा किसानहरुलाई आन्दोलनमा आउन बाध्य नबनाएर जायज माग पूरा गर्न माग गरेका हुन् ।
शर्माले आफ्नो फेसबुकमा लेखेका छन्, ‘उखु किसानहरू आन्दोलनमै रहेका बेला दूग्ध किसानहरु समेत आफूले बेचेको दूधको मूल्य नपाएर आन्दोलनमा आउनुपर्ने अवस्था राष्ट्रिय लज्जाको विषय बनेको छ।बर्षातको बेला र दशैंको मुखमा किसानहरुलाई आन्दोलनमा आउनुपर्ने बाध्यतामा नपारी तत्काल दूग्ध किसानको भुक्तानी दिएर किसानहरूको जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछु।’
प्रतिक्रिया