नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीले बोलायो साधारणसभा, हकप्रद सेयर प्रस्ताव पारित गर्ने

मंगलबार, १७ भदौ २०८२, ११ : ४२

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीले प्रथम वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ।

सभाले कम्पनीको अधिकृत पुँजी ५ अर्बलाई वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले हाल कायम चुक्तापुँजीको १ः२ अनुपातमा अर्थात २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

हकप्रद सेयर जारीपछि सेयर संरचनाबमोजिम जारी पुँजी तथा चुक्तापुँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधनका लागि प्राप्त रायसुझावअनुरुप कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृति गर्नेछ। चालु आर्थिक वर्ष २०८२/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

 
मंगलबार, १७ भदौ २०८२, ११ : ४२

प्रतिक्रिया