काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो ।
श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका थिए । श्रेष्ठमाथि अदालतको अवहेलनामा कारबाहीका लागि रिट निवेदकले माग गरेका छन् ।
प्रतिक्रिया