सहकारी ठगीका फरार अभियुक्तसँग गभर्नर पौडेलको साँठगाँठ !

बुधबार, १८ भदौ २०८२, ११ : २८

काठमाडौं– नेपाली कांग्रेसको उम्मेदवार भएर पराजय व्यहोरेपछि राष्ट्र बैंकको गभर्नर भएका डा.विश्व पौडेलले मुलुकको अर्थतन्त्र लयमा फर्काउने भन्दा सहकारी ठगीका फरार अभियुक्तसँग सम्बन्ध बढाएका छन् । 

सुरुमा गर्भनर छनोट समिति रहेका पौडेल कांग्रेसको जोडबलमा त्यसबाट राजीनामा दिएर आफैं गर्भनर बनेका हुन् । उनै गभर्नर पौडेलले अहिले सहकारीको अर्बौं रकम अपचलन गरेर फरार भएका शिव लामिछाने विश्वकर्मासँग भेटवार्ता गरेका छन् । 

धरानको बराह बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको पाँच अर्ब ८३ करोड रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका विश्वकर्मालाई केही दिनअघि गर्भनर पौडेलले भेट गरेका हुन् ।

स्रोतका अनुसार कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माको सिफारिसमा गभर्नर पौडेलले सहकारी ठगीका अभियुक्त शिव लामिछाने विश्वकर्मालाई भेटेका हुन् । बराह ग्रुप अफ कम्पनीका मालिक समेत रहेका उनी सहकारीको अर्बौं रकम ठगी गरेर फरार रहेका छन् ।  

धरानमा बराह ज्वेलरी, बराह सहकारी लगायतका अनेकौं कम्पनी खोलेका शिव लामिछाने विश्वकर्माले हङकङसम्म व्यावसायिक सामा्रज्य साम्राज्य फैलाएका छन् । धरानको बराह सहकारीको अर्बौ रकम विदेश लगेर लगानी गरेको बताइन्छ । 

 
 
 
 
 
बुधबार, १८ भदौ २०८२, ११ : २८

प्रतिक्रिया