मेटाको कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको सूचीमा पर्‍यो नेपाल

बुधबार, १८ भदौ २०८२, १२ : ५६

काठमाडौं- मेटाले नेपाललाई ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’का लागि योग्य देशको सूचीमा औपचारिक रूपमा समावेश भएको छ । 

मेटाले आफ्नो वेबसाइटमा नेपाललाई आधिकारिक रूपमा सूचीकृत गरेको हो । यससँगै अब नेपाली फेसबुक प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरका लागि फेसबुकबाटै आयआर्जन गर्ने बाटो खुलेको छ । 

यसअघि मेटाले नेपाली प्रयोगकर्तालाई ‘इन्भिटेसन’का आधारमा अनौपचारिक रूपमा सेवा सुरु भएको जानकारी दिंदै आएको थियो । तर, अब भने कम्पनीले योग्य देशको सूचीमा नेपाली पनि समेटेको छ ।

यससँगै योग्य सबै नेपाली क्रियटरले यो सुविधाका लागि आवेदन दिन सक्नेछन् । 

फेसबुक पेज वा प्रोफाइललाई प्रोफेसनल मोडमा परिणत गरेका क्रियटरलाई फेसबुकले कन्टेन्ट मनिटाइजेसनको सुविधा उपलब्ध गराइरहेको छ ।

 
बुधबार, १८ भदौ २०८२, १२ : ५६

प्रतिक्रिया