सिटिजन लाइफको रेटिङ आइसीआरए एनपी-आइआर ट्रिपल बीबाट ट्रिपल बी प्लसमा अपग्रेड

बुधबार, १८ भदौ २०८२, १४ : ००

काठमाडौं- इक्रा नेपालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इश्युअर रेटिङमा अपग्रेड गरेको छ । कम्पनीलाई दिइएको आइसीआरए एनपी–आइआर ट्रिपल बीबाट आइसीआरए एनपी–आइआर ट्रिपल बी प्लसमा पुर्याइएको हो ।

रेटिङ अपग्रेडेको प्रमुख आधार कम्पनीको उत्कृष्ट व्यावसायिक वृद्धि रहेको छ । गत आर्थिक वर्षमा कम्पनीले कुल बीमा प्रिमियम आम्दानीमा अघिल्लो वर्षको तुलनामा करिब २१ प्रतिशत वृद्धि गर्न सफल भएको छ, जुन सोही अवधिमा उद्योगको औसत वृद्धि करिब १४ प्रतिशत मात्र रहेको थियो । यससँगै कम्पनीको सोल्भेन्सी प्रोफाइल समेत उल्लेख्य सुधार भएको छ ।

गत वर्षमा कम्पनीले समग्र उद्योगको कुल बीमा प्रिमियम आम्दानीमा ४ प्रतिशत बजार हिस्सेदारी कायम गर्न सफल भएको छ भने प्रतिस्पर्धीहरूमाझ करिब २२ प्रतिशत बजार हिस्सेदारी लिन सफल भएको छ । 

कम्पनीले सन् २०२३ सेप्टेम्बरमा आफ्नो आइपीओ सम्पन्न गरेपछि सोल्भेन्सी रेसियो अनुपातमा समावेश गर्दा २०२४ जुलाई मध्यसम्म आइपुग्दा कम्पनीको सोल्भेन्सी प्रोफाइल ३.४२ गुणा पुगेको छ । यो स्तर रिस्क बेस्ड क्यापिटल एण्ड सोल्भेन्सी फ्रेमवर्क २०२४ अन्तर्गतको न्यूनतम आवश्यकता १.३० भन्दा धेरै उच्च हो । २०२३ जुलाई मध्यमा भने यो अनुपात १.३५ गुणा मात्र थियो जुन त्यतिबेलाको पुरानो मार्गदर्शन अनुसार गणना गरिएको थियो ।

सन् २०१७ अक्टोबरदेखि सञ्चालनमा आएको कम्पनीले नेपालकै बीमा क्षेत्रको नियामकबाट अनुमति प्राप्त गरेको छ ।

 
 
बुधबार, १८ भदौ २०८२, १४ : ००

प्रतिक्रिया