बीमा प्राधिकरणद्वारा बीमक लगानी र विदेशी मुद्रा सटहीमा दुई नयाँ निर्देशन जारी

बुधबार, १८ भदौ २०८२, १६ : २६

काठमाडौं- नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको वित्तीय स्रोत व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन दुई नयाँ निर्देशन जारी गरेको छ।

प्राधिकरणले भदौ १७ गते  ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ र ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ गरी दुई निर्देशन जारी गरेको हो । 

‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ अनुसार जीवन, निर्जीवन, लघु तथा पुनर्बीमा कम्पनीले अब सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहन पाउनेछन्। 

यस लगानी निर्देशिका अनुसार जीवन बीमा व्यवसाय तथा लघजुीवन बीमा व्यवसाय गने बीमकले आफ्नो प्रत्यके पोर्टफोलियोको जीवन बीमा कोष, उक्त पोर्टफोलियो अन्तर्गत प्राप्त प्रिमियम अन्य आम्दानीबाट प्राप्त रकमको लगानी तथा सम्पत्तिको अलग अलग व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साथै, बीमकले प्रत्यके पोर्टफोलियो तथा शेयरधनीकोषबाट लगानी तथा खरिद भएका सम्पत्तिको लेखांकन अलग–अलग गर्नुपर्ने भएको छ । बीमकले आफ्नो कोषमा रहेको रकमहरुमध्ये नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा लगानी गरेको रकम प्राधिकरणको नाममा एअरमार्क गर्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार बीमा कम्पनीहरुले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्रमा कुल लगानीको ३५ प्रतिशत लगानी गर्न पाइने व्यवस्था गरेको छ । यस अघि यसमा २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइने व्यवस्था गरिएको थियो । प्राधिकरणले लगानी निर्देशिक संबशोधन गरेर १० प्रतिशत बढाएको छ ।

साथै, प्राधिकरणले ‘क’ वर्गका बैंक तथा पूर्वाधार विकास बैंकमा बीमा कम्पनीहरुले गर्न पाउने लगानीको दायरा ३० प्रतिशत कायम गरेको छ । साथै, ‘ख’ वर्गका बैंक तथा विकास बैंकमा १५ प्रतिशत र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ७ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ ले पुनर्बीमा, रेट्रोशेसन, विदेशी परामर्श सेवा लगायतका भुक्तानीका लागि आवश्यक विदेशी मुद्रा सटही प्रक्रियालाई व्यवस्थित गरेको छ।

बीमकले विदेशी बीमक वा पुनर्बीमक वा नेपालमा रहेका बीमकमा लगानी गर्ने विदेशी लगानीकर्ता वा बीमकलाई सेवाप्रदान गर्ने विदेशी सेवाप्रदायक संस्थालाई सिधै वा बीमा दलालको संलग्नतामा गरिएको पुनर्बीमासंग सम्बन्धित पुनर्बीमा शुल्क तथा बीमा दावी रकम, लाभांश फिर्ता, परामर्श सेवा लिए बापतको रकम भुक्तानी गर्न प्राधिकरणको सिफारिस लिएर मात्र गर्नु पर्ने व्यवस्था गरिएको छ ।

साथै, बीमकले यस निर्देशनको अतिरिक्त विदेशी लगानीसँग सम्बन्धित प्रचलित कानून र नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धमा जारी गरेको निर्देशनको समेत पालना गर्नु पर्नेछ । साथै, बीमा कम्पनीहरुले ९३० उपदफा ९१० बमोजिम सिफारिस माग गर्दा भारतको हकमा भारतीय मुद्रामा तथा अन्य मुलुकको हकमा उक्त मुलुकको प्रचलित स्वदेशी मुद्रा वा परिवर्तनीय अमेरिकन डलरमा मात्रै भुक्तानीका लागि सिफारिस माग गर्नुपर्नेछ।

बीमकले पुनर्बीमा शुल्क बापत विदेशी मुद्रा सटही सिफारिस माग गर्दा बीमकले धारण गरेको जोखिमको हिस्सा बाहेकको बाँकी जोखिम शत प्रतिशत हस्तान्तरण गरेको अनुसुची–१ बमोजिमको विवरण तथा स्वघोषणा सहितको सारांश पेस गर्नु पर्नेछ । सटही सिफारिस माग गर्दा प्रचलित कर, सेवा शुल्क, पुनर्बीमा कमिशन वा त्यस्तै कुनै छुटहरु पाउने भएमा सो समेत कट्टा गरी खुद रकमको भुक्तानीका लागि नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मार्फत विप्रेषण हुने गरी सिफारिस माग गर्नुपर्नेछ ।

 
बुधबार, १८ भदौ २०८२, १६ : २६

प्रतिक्रिया