उपत्यका प्रहरीको अनौठो नियम-  खोक्ने खकार्नेदेखि बिहानै कुकरको सिठ्ठी लगाए तीन लाख जरिवाना

विहीबार, १९ भदौ २०८२, १२ : १०

काठमाडौं- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक अनौठो सूचना जारी गरेको छ ।

ध्वनी, धुँवा र फोहर प्रदुषणमुक्त छिमेकी अभियान थालौं भन्दै उपत्यका प्रहरीले फोन गर्दा हेडफोन लगाउनुपर्नेदेखि राति अबेर र बिहान सबेरै  कुकरको सिठ्ठी लगाए तीन लाख जरिवाना हुने जानकारी दिएको छ ।

प्रहरीले गेट खोल्दा आवाज कम गर्नुपर्ने, अबेरसम्म ठूलो स्वरले गफ गर्न नपाइने, म्युजिक बजाएर नाचगान गर्न नपाइने, भान्सामा भाँडाकुडाको ठूलो आवाज आउन नहुने, शौचालय फल्स गर्दा आवाज कम गर्नुपर्ने उर्दी जारी गरेको छ ।

उक्त क्रियाकलाप गरे तीन लाख जरिवाना सहित कारबाही गरिने काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

 
 
 
 
विहीबार, १९ भदौ २०८२, १२ : १०

प्रतिक्रिया