काठमाडौं- हिमालयन सेक्युरिटिज लिमिटेडले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते सभा बोलाउने निर्णय गरेको हो । सभा काठमाडौंको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।
सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन सभाले पारित गर्नेछ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछन् ।
प्रतिक्रिया