माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

विहीबार, १९ भदौ २०८२, १२ : ४५

काठमाडौं– पटक पटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । 

समसामयिक राजनीति, स्थायी समितिको निर्णय कार्यान्वयन लगायत एजेन्डामा छलफल भइरहेको छ । यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ३ गते बैठक बोलाएका थिए ।  

तर, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर अभियान चलाएपछि बैठक छोटो समय बसेर स्थगित भएको थियो । 

 
 
विहीबार, १९ भदौ २०८२, १२ : ४५

प्रतिक्रिया