सामाजिक सञ्जालमाथि प्रतिबन्ध

कुन-कुन सामाजिक सञ्जाल बन्द हुँदैछन् ? के-के चल्छन् ?

विहीबार, १९ भदौ २०८२, १५ : २९

काठमाडौं- सरकारले दिएको समयसीमाभित्र दर्ता हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्म आजदेखि बन्द हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र पठाइसकेको जानकारी दिएका छन् । 

उनका अनुसार २६ वटा सामाजिक सञ्जा प्लेटफर्म बन्द गर्न निर्देशन दिइएको छ । त्यसमध्ये सूचीकरण भएका टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ भने सञ्चालन हुने छ । 

तीबाहेक सूचीकरण नभएका फेसबुक युट्युब लगायत सामाजिक सञ्जाल भने बन्द गर्न सरकारले निर्देशन दिइसकेको छ ।

जस अनुसार फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर, लिंक इड,स्न्याप चयाट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो बन्द गर्न लागिएको छ ।

 
 
 
 
 
विहीबार, १९ भदौ २०८२, १५ : २९

प्रतिक्रिया