काठमाडौँ–एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा यहि भाद्र २१ गते शनिबार एक रोमाञ्चक सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले आफ्नो प्रस्तुति दिने भएका हुन् । स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ–आफ्नो प्रस्तुति मार्फत साँझलाई थप रोमान्चक बनाउने छन् ।
साँझ ४ः३० बजे सुरु हुने कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति २ सय रुपैयाँ तोकिएको छ । तर, विराटनगर किङ्सको जर्सी लगाएका दर्शकलाई भने टिमका समर्थकका लागि प्रदान गरिने विशेष सम्मान स्वरूप निःशुल्क प्रवेश दिइनेछ । यस विशेष पहलमार्फत टिमले आफ्ना समर्थकप्रति आभार प्रकट गर्दै कोशी प्रदेशका सम्पूर्ण दर्शकलाई “कोशीको गौरव, हाम्रो पहिचान” भन्ने मूल मन्त्रमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।
नेपाल क्रिकेट संघ -CAN_ का अनुसार आगामी नेपाल प्रिमियर लिग (NPL) मा आठ टोली सहभागी हुनेछन् र प्रतियोगिता मङ्सिरदेखि सुरु हुने तय भएको छ ।
प्रतिक्रिया