काठमाडौं–राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर–घरमा परिचित नाम बनेको छ । मानिसहरूलाई अर्थपुर्ण सम्बन्धहरू बनाउन, आफ्ना परिवार र साथीहरूसँगका अमूल्य क्षणहरू सुरक्षित रूपमा बाँड्न, व्यावसायिक सम्बन्धहरूलाई व्यवस्थापन गर्न र आफ्ना रुचि पछ्याउनका लागि एउटै थलोमा सहज वातावरण उपलब्ध गराउँदै आएको हो ।
सन् २०२४ को सुरुवातमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सामाजिक सञ्जाल प्लेटफर्मका रूपमा आधिकारिक दर्ता गर्यो । यसले नेपाल सरकारद्वारा जारी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०२३ पालना गरेको छ । डेटा गोपनीयतालाई विशेष प्राथमिकता दिँदै भाइबरले एन्ड–टु–एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन सुविधा उपलब्ध गराएको छ ।
सुपर एपको रूपमा भाइबर केवल मेसेजिङ वा कलमै मात्र सीमित छैन, यसले प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउन विभिन्न उपयोगी सेवाहरू प्रदान गर्दछ । साथै प्रयोगकर्ताले यसै प्लेटफर्मभित्र पब्लिक च्यानलहरू मार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्डसम्बन्धी अपडेटहरू पनि पाउँछन् ।
प्रतिक्रिया