काठमाडौं- सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सूचीकरण हुन नआएको भन्दै २६ वटा अनलाइन प्लेटफर्मलाई बिहीबारदेखि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तर, सरकार आफैं भने सामाजिक सञ्जालमा झनै सक्रियता बढाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय लगायत अन्य मन्त्रालयका फेसबुक पेज अहिले पनि सक्रिय छन् ।
प्रधानमन्त्रीको सचिवालयले आज एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशनमा गरेको सम्बोधनसहित तस्बिरहरु सार्वजनिक गरेको छ । आफैंले प्रतिबन्ध लगाएको सामाजिक सञ्जाल आफैं प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा अहिले निकै आलोचना भइरहेको छ ।
प्रतिक्रिया