विरटजेन ग्रुपद्वारा उत्पादित सामग्रीको आधिकारिक विक्रेता प्राइम एशोसिएट्स

शुक्रबार, २० भदौ २०८२, १५ : ५४

काठमाडौं–विरटजेन ग्रुपबाट उत्पादित विभिन्न निर्माण उपकरण/औजारको लागि प्राइम एशोसिएट्स प्रा.लि. आधिकारिक विक्रेता भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरि विरटजेन ग्रुपका प्रवन्ध निर्देशक एवं कार्यकारी निर्देशक रमेश पलागिरी र प्राइम एशोसिएट्स प्रा.लि. का कार्यकारी निर्देशक दिपक आचार्यको उपस्थितिमा उक्त घोषणा गरिएको हो ।

प्राइम एशोसिएट्स प्रा.लि.ले १८ वर्षदेखि नेपाली बजारमा अटोमोबाइल र कन्स्ट्रक्सन इक्विपमेन्ट सम्बन्धि कारोबार गर्दै आएको छ । सडक विस्तारका लागि आवश्यक अस्फाल्ट प्लान्ट, पेभर्स, ब्रुमर, स्टोन क्रसर लगायतका कारोबार गर्दै आएको प्राइम एशोसिएट्सले कंक्रिटिडका लागि चाहिने सेल्फ मिक्सचर समेत उपलब्ध गराइएको छ ।

Prime Associates_Pic_02

अटोमोबाइल, रोड, विल्डिङ र ब्रिज कन्स्ट्रक्सन इक्विपमेन्टको निरन्तर विक्री–वितरण गर्दै आएको प्राइम एशोसिएट्सले जोन डियरे ग्र्रुप अन्तर्गत विटगन ग्रुपका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण तथा औजारको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भई विक्री–वितरण गर्न लागेको छ ।
 

शुक्रबार, २० भदौ २०८२, १५ : ५४

प्रतिक्रिया