काठमाडौं- प्रभु बैंकको सवा ९ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको ९ लाख ३१ हजार ८६० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया