सामाजिक सञ्जालसम्बन्धी निर्देशन : नेपालको विश्वव्यापी आईटी प्रतिस्पर्धात्मकता जोगाउन नास आइटीको आग्रह

सोमबार, २३ भदौ २०८२, ११ : २८

काठमाडौं- नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी हालैको निर्देशिकामार्फत सुरक्षित र जिम्मेवार डिजिटल वातावरण सिर्जना गर्ने निरन्तर प्रयास गरेको भएतापनि, केहि प्ल्याटफर्महरुलााइ पूर्ण रुपमा प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रलाई पारेको प्रत्यक्ष असर प्रति नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास–आइटी) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

यस कदमले नेपालभित्र तथा अन्तर्राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्ने आईटी कम्पनीहरूको दैनिक काम कारवाहीलाई हदैसम्म अबरोध गर्दै, ग्राहकहरूसँगको संचारलाई पूर्ण रुपमा अबरुद्ध पारि परियोजना समन्वयमा ढिलाइ मात्र नभई समग्र ब्यापार व्यवसायलाई नै ठुलो जोखिममा पार्ने स्थिति उत्पन्न भएको कम्पनीको भनाइ छ । 

विश्व बजारमा नेपालको बढ्दो अवसर तथा छवि कायम राख्नका लागि तथा दैनिक सेवा सम्प्रेषणं कायम राख्नका लागि समेत यस्ता सन्चार माध्यमको अविच्छिन्न पहुँच हुनु अपरिहार्य भएकाले हाल लगाइएको प्रतिबन्धलाई यथाशीघ्र हटाई संबन्धित निकायसंग दिर्घकालिन समाधानका उपाय खोज्न नेपाल सरकारसंग नास आईटीले अनुरोध गरेको छ ।

 
सोमबार, २३ भदौ २०८२, ११ : २८

प्रतिक्रिया