सिड्नीमा ‘नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५’ सम्पन्न, नेपाल–अस्ट्रेलिया प्रविधि सहकार्यबारे छलफल

सोमबार, २३ भदौ २०८२, १२ : २९

काठमाडौं- नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आइटी) ले आयोजना गरेको ‘नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५’ सिड्नीस्थित राइड्जेस वर्ल्ड स्क्वायरमा सम्पन्न भएको छ। 

यस रोडशोले नेपाल र अस्ट्रेलियाका प्रविधि क्षेत्रका अगुवा, आविष्कारक, उद्यमी र लगानीकर्ताहरूलाई एकै ठाउँमा भेला गराएको छ । कार्यक्रमको मुख्य उद्देश्य नेपालको बढ्दो आईटी र सफ्टवेयर क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्दै दुई देशबीच सहकार्य र लगानीका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ । 

कार्यक्रमको सुरुवात अतिथिहरूको दर्ता र परिचय सत्रबाट भएको थियो। क्विकफक्स कन्सल्टिङ प्रालिका प्रमुख व्यवसाय अधिकृत तथा नास्ट आइटी सदस्य, सोणा सिंहले कार्यक्रम सञ्चालन गरेकी थिइन्। उद्घाटन मन्तव्य टेकक्राफ्ट इंक प्रालिका सहसंस्थापक तथा नास्ट आइटी सदस्य, अनिश श्रेष्ठले दिएका थिए।  त्यसपछि, ईके सोलुसन्स प्रालिका प्रमुख कार्यकारी अधिकृत र नास्ट आइटीका अध्यक्ष, गौरव पाण्डेले नेपालको विकासशील प्रविधि इकोसिस्टमबारे एक विस्तृत प्रस्तुति दिएका थिए।

कार्यक्रमको अर्को महत्त्वपूर्ण हिस्सा ७त्रगयतसअस्ट्रेलियाली र नेपाली प्रविधि इकोसिस्टमबीच सहकार्य र लगानीका अवसरहरू७त्रगयतस विषयमा गरिएको प्यानल छलफल थियो। यस छलफलमा दुवै देशका उद्योग अगुवाहरूले चुनौती, सम्भावना र सहकार्यका लागि आवश्यक व्यावहारिक कदमहरूबारे गम्भीर बहस गरे। 

एमिनेंस वेजका प्रबन्ध निर्देशक तथा नास्ट आइटीका कार्यकारी सदस्य,नारायण कोइरालाले सञ्चालन गरेको यस सत्रले नेपाली र अस्ट्रेलियाली कम्पनीहरूबीचको सहकार्य र लगानीका लागि गहिरो अन्तरदृष्टि प्रदान गरेको छ । 

सहभागीहरूले दुई देशबीच साझेदारीका लागि आवश्यक ठोस कदमहरूबारे अन्तरक्रियात्मक सत्रमा पनि छलफल गरेका छन् ।

 
सोमबार, २३ भदौ २०८२, १२ : २९

प्रतिक्रिया