उपत्यकामा नबिल बैंकका तीन शाखा खुला, चार घण्टा मात्र सेवा दिने

विहीबार, २६ भदौ २०८२, १२ : २२

काठमाडौं- नबिल बैंकले आज बिहीबार काठमाडौं उपत्यकाभित्रका केही शाखामा सीमित सेवा उपलब्ध हुने जनाएको छ। बैंकले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुनेछ।

सीमित सेवा उपलब्ध हुने शाखाहरूमा काठमाडौंको तीनधारा, महाराजगञ्ज र हलचोक, भक्तपुरको कौशलटार र सूर्यविनायक, तथा ललितपुरको सातदोबाटो शाखा छन्।

उपत्यकाबाहिरका शाखासम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने बैंकले जनाएको छ।

विहीबार, २६ भदौ २०८२, १२ : २२

प्रतिक्रिया