सिनेमा हलहरु सोमबारबाट खुल्ने

आइतबार, २९ भदौ २०८२, १४ : ०७

काठमाडौं- जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका सिनेमा हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

सिनेमा हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए ।

‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने, ‘हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’

 
आइतबार, २९ भदौ २०८२, १४ : ०७

प्रतिक्रिया