यूनिभर्सल पावरले बोलायो साधारणसभा, लाभांश र हकप्रद प्रस्ताव पारित गर्ने

सोमबार, ३० भदौ २०८२, ११ : ०९

काठमाडौं- यूनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीका सेयरधनीहरुका लागि ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

उक्त सभामा चुक्तापूँजीको ९ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने, बोनस सेयर जारी गरेपश्चात कायम हुने चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभाले आव २०७९/८०, २०८०/८१ र आव २०८१/८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८०, आव २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाछि छलफल गरी पारित गर्ने भएको छ ।

साथै, सभामा आव २०८०/८१ लागि नियुक्त लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीबमोजिम २ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्नका लागि योग्य हुनेछन् ।

 
सोमबार, ३० भदौ २०८२, ११ : ०९

प्रतिक्रिया