नेपाल टेलिकमद्वारा हुम्लाका दुई स्थानमा फोरजी सेवा सुरु

सोमबार, ३० भदौ २०८२, १३ : ०२

काठमाडौं- नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका १ मा टुजी र फोरजी सेवा सुरु गरेको छ । टेलिकमले भदौ २५ गतेबाट यो सेवा सञ्चालनमा ल्याएको हो ।

फोरजी सेवा सञ्चालनमा आएपश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय सेवाबाट लाभान्वित भएका छन्।

यस्तै, हुम्ला जिल्लाकै चंखेली गाउँपालिका ६ मा पनि नेपाल टेलिकमले भदौ २७ गते बाट टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । यस फोरजी सेवा सञ्चालनमा आएपश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय सेवाबाट लाभान्वित भएका छन् ।

कम्पनीले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ।

 
 
 
सोमबार, ३० भदौ २०८२, १३ : ०२

प्रतिक्रिया