सानिमा मिडिल तमोरको दशौं वार्षिक साधारणसभा असोज २९ गते हुने

मंगलबार, ३१ भदौ २०८२, १० : २०

काठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड दशौं वार्षिक साधारण सभा असोज २९ गते बुधबार हुने भएको छ । सभा बिहान ११ बजे हुनेछ ।

सभा कुण्डलिनी दरबार ब्याङ्क्वेट, कामनपा ४, चण्डोल, काठमाडौंमा हुने जनाएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत दशौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहित २०८२ आसार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

 
मंगलबार, ३१ भदौ २०८२, १० : २०

प्रतिक्रिया