काठमाडौं–नेपालका लागि टाटा मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सका आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्र.लि.ले ग्राहकहरूलाई टाटा जेन्युइन पाट्र्सको प्रत्येक खरिदमा विशेष उपहार दिने उद्देश्यले कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको छ ।
हालै देशमा आएको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै कम्पनीले यसपालिको दशैँ, तिहार एवं छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला” नामक विशेष योजना ल्याएको हो । यस योजनामा सहभागी हुने ग्राहकहरूले हरेक खरिदमा ग्यारेन्टीसहित रु. १,००० सम्मका क्यासब्याक कुपनहरू पाउनेछन् । लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् ।
पुरस्कार योजनाहरु रु. १,००,००० भन्दा बढीको खरिदमा–१५० सिसिको बजाज पल्सर (बम्पर उपहार), रु. ७५,००० भन्दा बढीको खरिदमा–१२५ सिसिको टिभिएस स्कुट, रु. २५,००० भन्दा बढीको खरिदमा–स्मार्ट टिभी, रु. ५,००० भन्दा बढीको खरिदमा–स्मार्टफोन प्राप्त सक्नेछन् ।
प्रतिक्रिया