काठमाडौं- नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
यस सभाले कम्पनीको चुक्ता पुँजी ५० करोड पुर्याउने लक्ष्यसहित प्रिमियममा संस्थापक सेयर निष्कासन र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
आश्विन ३ गते होटल एलो पगोडामा कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८१–८२ को वित्तीय प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२र८३ का लागि लेखा परीक्षकको नियुक्ति समेत अनुमोदन गरेको छ। यसबाहेक, सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गर्ने लगानीलाई पनि सभाले स्वीकृति प्रदान गरेको छ।
२०७५ सालमा स्थापना भएको नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन विगत ६ वर्षदेखि निरन्तर खुद मुनाफामा रहेको छ। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्षको खुद मुनाफा जगेडा कोषमा सारेको छ।
हाल यस कम्पनीको नेटवर्थ अङ्कित मूल्य १०० भन्दा बढी रहेको कम्पनीले नयाँ लगानीकर्ताहरूलाई समेट्दै आफ्नो आकार र व्यवसाय वृद्धि गर्ने लक्ष्य राखेको प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिएका छन् ।
प्रतिक्रिया