नेपाल टेलिकमद्वारा दसैँ, तिहार र छठ पर्वका लागि अफर सार्वजनिक

सोमबार, ०६ असोज २०८२, १३ : १०

काठमाडौं- नेपाल टेलिकमले नेपालीहरूको महान पर्व दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ।

टेलकमले सूचना जारी गर्दै यस वर्षको ‘दसैँ–तिहार–छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध गराइएको जानकारी दिएको हो ।

यो प्याजेकअन्तर्गत आज असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क मिनाहा गरिएको छ।

मोबाइल डाटा प्याकेज अफर अन्तर्गत जीएसएम ग्राहकहरूका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध हुने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेजमा दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। ५ जीबी डाटा सकिएपछि २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।

रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेजस् यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। १० जीबी डाटा सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

ग्राहकले २५० रुपैयाँमा १००० मिनेट अलनेट भ्वाइस सुविधास् यसमा तपाईंले जुनसुकै नेटवर्कमा कल गर्न १००० मिनेट पाउनेछन्। यस्तै ९९ रुपैयाँमा १००० अननेट एसएमएस सुविधास् यो प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरहरुमा १००० एसएमएस पठाउन सकिनेछ।

यी सबै प्याकेजहरुको समयावधि प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन रहेको छ।

यी अफरहरुमार्फत् प्याकेज खरिद गर्न *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।

 
 
सोमबार, ०६ असोज २०८२, १३ : १०

प्रतिक्रिया